नेपालले जित्याे जिम्बावे 'ए' सँगकाे एकदिवसीय शृङ्खला

 वैशाख २६, २०७९ सोमबार १७:५७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जिम्बावे 'ए' सँगकाे तेस्राे तथा अन्तिम एकदिवसीय क्रिकेट नेपालले जितेकाे छ । जिम्बावे 'ए' ले दिएकाे दुई सय १४ रनकाे लक्ष्य नेपालले ३० ओभर १ बलमा चार विकेट गुमाएर भेटायाे । 

नेपालका लागि कुशल भुर्तेलले ६१ बलमा ८४ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ६०, आशिफ शेखले २९ र विनाेद भण्डारीले नटआउट २८ रन बनाए । बलिङतर्फ जिम्बावे 'ए' का ब्रान्डन मभुताले तीन विकेट लिए ।  

यसअघि त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे जिम्बावे 'ए' ३२ ओभर १ बलमा दुई सय १३ रनमा अलआउट भयाे । उसका लागि तालिवाेनाशे मरुमानीले ५०, कुदजाई माैनजीले ३९ र राेए कायाले ३६ रन बनाए । बलिङतर्फ नेपालका किशाेर महताेले पाँच विकेट लिए । त्यस्तै साेमपाल कामीले दुई विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

वर्षाका कारण मैदान चिसाे भएका कारण आजकाे खेल ३३ ओभरमा झारिएकाे थियाे । 

आजकाे जितसँगै नेपालले तीन खेलकाे एकदिवसीय शृङ्खला दुई–एकले जितेकाे छ । प्रतियोगितामा नेपालका करण केसी प्लेयर्स अफ दि सिरिज घोषित भए । यसअघि तीन खेलकाे टी–२० शृङ्खलामा एक–एककाे बराबरी भएकाे थियाे । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया