खल्तीबाट नाम निकालेर ‘ट्वाक ट्वाक’ न्यायाधीश नियुक्त हुँदैन : कामु प्रधानन्यायाधीश कार्की

 बैशाख २६, २०७९ सोमबार १९:३७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त नहुने बताउनुभएकाे छ । आज साेमवार कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एसाेसिएशनले आयोजना गरेको विधिको शासन र यसका चुनौती विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

कामु प्रधानन्यायाधीश कार्कीले कानुन व्यवसाय गर्दै आएकामध्येबाट पनि गुणस्तर हेरेर मात्रै न्यायाधीश नियुक्त गरिने बताउनुभयो । उहाँले सर्वोच्च अदालतमा गोलाप्रथाबाट मुद्दा हेरिएको उल्लेख गर्दै गोलाप्रथामा कुनै शङ्का नगर्न पनि आग्रह गर्नुभयो । 

कामु प्रधानन्यायाधीश कार्कीले भन्नुभयो, ‘न्यायाधीश नियुक्तिको विषयमा अब हामीले गुणस्तर खोजिरहेका छौँ । कानुन व्यवसाय नै गरेर आउनुभएको छ भने पनि गुणस्तर हेर्छाैँ । यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, खल्तीबाट नाम निकालेर ट्वाक ट्वाक चाहिँ हुनेवाला छैन । हामीले प्रतिबद्धता गरिसक्यौँ ।’

उहाँले सर्वोच्च अदालतमा समस्याको भण्डार रहेको उल्लेख गर्दै क्रमशः सुधारका कामहरू भइरहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया