रुकुम पश्चिमको बाँफीकोटमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप : ४ जना घाइते

 बैशाख २७, २०७९ मंगलबार १०:१४:५२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–३ दहमा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।

झडपमा कांग्रेसका वडा सभापति सूर्यप्रकाश मल्लसहित चार जना घाइते भएका कांग्रेस जिल्ला उपसभापति हर्कसिंह खत्रीले बताउनुभयो।

दुई पक्षबीच भएको झडपमा मल्लसहित मित्रलाल ओली, राजेश केसी र हुपजङ्ग बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो।

कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुन थालेपछि दुई पार्टीका जिल्ला नेताले यसअघि सयुंक्त अपिल निकालेर संयमित हुन आग्रह गरेका थिए। 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया