सरकारकाे नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेस हुँदै

 बैशाख २८, २०७९ बुधबार १६:२४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेस गर्ने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदाे जेठ ३ गते संसद् अधिवेशन आह्वान गर्नुभएको थियो । त्यसैअनुसार सरकारले आउँदाे आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेस गर्ने कार्ययोजना बननएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताउनुभयो । 

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद् अधिवेशन जेठ ३ गतेलाई आह्वान गर्नुभएको थियो । सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल जेठ ८ देखि ११ गतेसम्म हुने प्रवक्ता पाण्डेले जानकारी दिनुभयाे । 

आज बुधवार न्युज एजेन्सी नेपलसँग कुरा गर्दै प्रवक्ता पाण्डेले बजेट अधिवेशनका लागि संसद् सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको बताउनुभयो । उहाँले जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयाे, ‘जेठ ४ र ५ गते संसदमा प्रि–बजेटमा छलफल हुन्छ । जेठ १२ वा १३ गते संसदमा आर्थिक सर्वेक्षण सम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने र संवैधानिक प्रावधानअनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी छ ।’  

प्रवक्ता पाण्डेले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरू निरन्तर चल्ने बताउनुभयो । पाण्डेका अनुसार प्रतिनिधि सभासँगै जेठ ३ गतेदेखि राष्ट्रिय सभाको बैठक पनि सुरु हुने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया