प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा नक्कली ट्विटर ह्यान्डलबाट पालिका चुनावको सन्दर्भमा गलत सूचनाहरू सम्प्रेषण भइरहेको बताउनुभएको छ ।
आज बुधवार एक विज्ञप्ति निकालेर घिसिङले आफ्नो नाम र तस्बिर प्रयोग गरी खोलिएका नक्कली ट्वीटर ह्यान्डलबाट पालिका चुनावको सन्दर्भमा गलत सूचनाहरू सम्प्रेषण भइरहेको भन्दै ध्यानाकर्षण भएको बताउनुभएको हो ।
‘मेरो आधिकारिक ट्विटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्विटर ह्यान्डल नभएको बेहोरा प्रष्ट पार्दै यस्ता नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाहरूको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु’, घिसिङले भन्नुभएको छ ।
हिजो मङ्गलवार कुलमान घिसिङको नाम र तस्बिर प्रयोग गरी खोलिएको ट्विटर ह्यान्डलबाट काठमाण्डौ महानगरपालिकाको मेयरका उम्मेदवारको पक्षमा भोट मागिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।