राष्ट्रिय महिला क्रिकेट टाेलीले त्रिवि मैदानमा युगान्डासँग टी–२० शृङ्खला खेल्ने

 बैशाख २८, २०७९ बुधबार २०:८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला क्रिकेट टाेलीले अफ्रिकी देश युगान्डासँग पाँच खेलकाे टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ । शृङ्खला जेठ २ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । 

नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार पहिलो खेल जेठ २ गते, दोस्रो खेल जेठ ३ गते, तेस्रो खेल ५ गते, चौथो खेल ६ गते र पाँचौँ तथा अन्तिम खेल जेठ ७ गते हुनेछ ।

शृङ्खलाका लागि क्यानले रुबिना क्षेत्रीको कप्तानीमा २२ जना खेलाडीको नाम पनि तय गरेको छ । टोलीमा रुबिनासँगै सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ, सरिता रानामगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, ममता चौधरी, अस्मिन कर्माचार्य, सुमन खतिवडा, संगीता राई, कविता जोशी, रोमा थापा, सवनम राई, विन्दु रावल, ईश्वरी विष्ट, डल्ली भट्ट, हिराण्मयी रोय र रितु कनोजिया रहेका छन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया