‘असानी’ चक्रवात कमजोर, यसअघि पूर्वानुमान गरिएभन्दा असर कम पर्ने

 वैशाख २९, २०७९ बिहीबार ७:३२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण बङ्गालको खाडीमा विकसित भएको ‘असानी’ नामक चक्रवात कमजोर बनेसँगै नेपालमा त्यसको असर कम पर्ने भएको छ ।

भारतको आन्द्र प्रदेशको तटीय क्षेत्र आसपासमा रहेको चक्रवात आज त्यही ठाउँमा नै कमजोर अवस्थामा रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यसले गर्दा यो प्रणालीको असर यसअघि पूर्वानुमान गरिएको भन्दा कम पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यसको असर नेपालमा आंशिक मात्रै पर्ने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले यसबारे विशेष बुलेटिन नै निकालेर जानकारी गराएको छ । भोलि मतदानको दिन प्रदेश-१, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्य बद्ली भइ अन्य प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहने छ ।

यस्तै, प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । त्यसैगरी भोलि अन्य प्रदेशका केही ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज पनि बेलुकीपख प्रि-मनसुनका गतिविधिका कारण पहाडी जिल्लाका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान गरिएको छ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो। 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया