नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला निगरानीमा : दाङ प्रहरी

 बैशाख २९, २०७९ बिहिबार ७:५३:१० | हेमराज शर्मा
unn.prixa.net

काठमाण्डाै - नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पश्चिम जाँदै गरेका बास्तोलालाई दाङको भालुवाङमा सोधपुछ गरिएको र निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले बताउनुभएको छ । उहाँलाई पक्राउ नगरिएको तर निगरानीमा राखिएको उहाँको भनाइ  छ । थप सोधपुछको काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

नेकपा बहुमतले पालिका चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । चुनावकै विषयलाई लिएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर सोमवार नेकपा बहुमत पार्टी घोषणा भएको थियो । यसअघिको पालिका चुनाव विप्लव नेतृत्वको नेकपाले बहिष्कार गरेको थियो । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया