आईपीएल : मुम्बईले चेन्नईलाई हरायो, आज बेङ्ग्लोर र पञ्जाब खेल्दै

 बैशाख २९, २०७९ शुक्रबार ५:४१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईले साविक विजेता चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले हराएको हो ।

चेन्नईले दिएको ९८ रनको लक्ष्य मुम्बईले १४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको लागि तिलक वर्माले अविजित रहँदै ३४ रन बनाए ।

कप्तान रोहित शर्मा र ऋतिक शोकेन समान १८ रनमा आउट भए । चेन्नईका मुकेश चौधरीले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले १६ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको थियो । चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित रहँदै ३६ रन बनाए । मुम्बईका डानिल साम्सले ३ विकेट लिए ।

रिले मेरिदिथ र कुमार कार्तिक्यले २/२ विकेट लिए । जितसँगै १२ खेलमा ६ अङ्क जोडेको मुम्बई पुछारमा रहेको छ । चेन्नई १२ खेलमा ८ अङ्क जोडेर नवौँ स्थानमा रहेको छ । आईपीएल क्रिकेटमा आज राति पौने आठ बजे रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र पञ्जाब किङ्ग्स खेल्दैछन् । 

अन्तिम अपडेट: जेठ ४, २०७९

तपाईको प्रतिक्रिया