प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै - देशका धेरै ठाउँमा अहिले घाम लागेको छ ।
आज तत्काल ठूलो पानी नपर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज मौसमले साथ दिने सम्भावना छ ।
दिउँसो १ बजेसम्म नै प्राय सबै ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ । तर, दिउँसो १ बजेपछि भने बादल बन्ने र केही ठाउँमा पानी पर्ने मौसमविद् पौडेलले बताउनुभयो । यसअघि दक्षिण बङ्गालको खाडीमा विकसित भएको असानी नामक चक्रवातका कारण आज पानी पर्ने अनुमान गरिएको थियो । तर, यो चक्रवात कमजोर बनेकाले पानी पर्ने सम्भावना टरेको हो ।
आज प्रदेश-१, मधेस प्रदेश र वाग्मती प्रदेशमा मौसम सामान्य बद्ली रहने अनुमान छ । यस्तै, अन्य प्रदेशमा आंशिक बद्ली हुने छ । प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले दिउँसोपछि मतदान गर्न जानेलाई भने मौसमविद्ले ओत बोक्न सुझाव दिएका छन् । दिउँसपछि एकैछिन पानी पर्ने र रोकिने भएकाले छाता, प्लाष्टिक लगायत ओत बोक्न मौसमविद्को सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।