साढे ५ सयभन्दा धेरै गाडी होल्ड, निमय उल्लङ्घन गर्नेमा दुई पाङ्ग्रेको सङ्ख्या बढी

 बैशाख ३०, २०७९ शुक्रबार १०:२५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौमा नियम उल्लङ्घन गरी गाडी चलाउनेलाई ट्राफिक प्रहरीले होल्ड गर्न थालेको छ ।

बिहानदेखि अहिलेसम्म साढे ५ सयभन्दा धेरै गाडीलाई होल्ड गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनर्सिङ राणाले उज्यालोलाई जानकारी दिनुभयो । उहाँकाअनुसार नियम उल्लङ्घन गर्नेमा दुई पाङ्ग्रे गाडी धेरै छन् । 

३ सयभन्दा धेरै मोटरसाइकल र स्कुटरलाई होल्डमा राखिएको उहाँले जानकारी दिनुभयो । होल्डमा राखिएका गाडीलाई बेलुका ५ बजेपछि सम्बन्धित गाडी धनीलाई जिम्मा लगाइनेछ ।

पालिका चुनावको मतदानमा कुनै आचारसंहिता उल्लङ्घन र अरु अप्रिय घटना हुन नदिन भन्दै आज अत्यावश्यक र पास लिएका गाडीलाई मात्रै चलाउन अनुमति दिइएको छ । तर केहीले यो नियम अटेर गरेकाले उनीहरुको गाडी होल्ड गरिएको हो ।

बेलुका ५ बजेपछि भने सबै गाडी चल्न पाउने छन् । यस्तै, बिरामी र पर्यटक बोकेका तर पास नभएका ट्याक्सीलाई पनि अहिले चलाउन अनुमति दिइएको ट्राफिक प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया