७ बजेदेखि गाडी चल्न थाल्ने

 बैशाख ३०, २०७९ शुक्रबार १८:२९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पालिका चुनाव–२०७९ को मतदान सकिएपछि गाडी चल्ने भएकाे छ । काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले पनि मतदान भइरहेका कारण उपत्यकामा बेलुकी ७ बजेपछि गाडी चल्ने भएकाे हाे । यसअघि बेलुकी ६ बजेदेखि नै गाडी चलाउन दिने तयारी भएकाे थियाे । 

पालिका चुनावको सुरक्षाका कारण आज बिहानैदेखि बेलुकी ५ बजेसम्म अत्यावश्यक र पासबाहेकका सार्वजनिक तथा निजी गाडी चलेनन् । गाडी नचल्दा विशेषगरी विदेशबाट फर्केकाहरू समस्यामा परे । त्रिभुवन विमानस्थलबाट चल्ने हरियो नम्बर प्लेटका ट्याक्सीले मनोमानी गरेका उनीहरूको गुनासो छ ।

जजिरा एअरको जहाजबाट बिहान काठमाण्डौ आएका मोरङको पथरीका स्वदेश राईले विमानस्थलदेखि कोटेश्वरसम्म दुई किलोमिटर दुरीको भाडा ट्याक्सीले एक हजार रुपैयाँ मागेपछि पैदल नै गएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया