आईपीएल क्रिकेटमा पञ्जाबले बेङ्ग्लाेरलाई ५४ रनले हरायो

 बैशाख ३१, २०७९ शनिबार ६:१६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरलाई ५४ रनले हराएको छ ।

मुम्बईमा गएराति भएको खेलमा पञ्जाबले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको बेङ्ग्लाेरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्रै बनायो । बेङ्ग्लाेरका ग्लेन म्याक्सवेलले ३५, रजत पटिदारले २६ तथा कप्तान विराट कोहलीले २० रन जोडे ।

पञ्जाबका कागिसो राबडाले ३ तथा ऋषि धवन र राहुल चाहरले २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । पञ्जाबका लियाम लिभिङस्टोनले ७० तथा जोनी बेयस्र्टोले ६६ रनको अर्धशतकीय पारी खेले ।

बेङ्ग्लाेरका हर्सल पटेलले ४ तथा वानिन्दु हसरङ्गाले २ विकेट लिए । जितसँगै १२ खेलमा १२ अङ्क जोडेको पञ्जाब छैटौँ स्थानमा उक्लिएको छ । बेङ्ग्लाेर १३ खेलमा १४ अङ्ककासाथ चौथो स्थानमा छ ।
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया