आज पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

 बैशाख ३१, २०७९ शनिबार ७:६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज मधेस प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम बद्ली भएको छ । प्रदेश एक, मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएराति काठमाण्डौ उपत्यकामा पनि पानी परेको थियो । आज दिउँसोपख प्रदेश एक, वाग्मती, गण्डकीसहित पहाडी क्षेत्रमा मौसम बद्ली हुने सम्भावना छ । अरु ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान छ ।

प्रदेश एक, वाग्मती  प्रदेश र गण्डकी प्रदेशका केही ठाउँ साथै मधेस प्रदेश तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आजराति पनि प्रदेश एकसहित देशका अन्य प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन र चटयाङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया