नेपाल एअरलाइन्सको न्यारोबडी जहाजले काठमाण्डौ–भैरहवा उडान गर्ने, यस्तो छ टिकट दर

 बैशाख ३१, २०७९ शनिबार १३:५७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल एअरलाइन्सले जेठ २ गते सोमबार काठमाण्डौबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा व्यावसायिक उडान गर्ने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवद्र्धनको लागि न्यारोबडी जहाजले जेठ २ गते उडान गर्ने एअरलाइन्सले जनाएको छ । जहाज विहान ६ बजे भैरहवाको लागि उड्नेछ भने ८ बजे काठमाण्डौका लागि उड्नेछ ।

एअरलाइन्सले काठमाण्डौ–भैरहवाका लागि ४ हजार पाँच सय १० र सात हजार ४० रुपैयाँ गरी दुई प्रकारका टिकट मूल्य तोकेको छ । टिकट नेपाल एअरलाइन्सको मोबाइल एप र वेबसाइटबाट लिन सकिने छ । गौतमबुद्ध विमानस्थलमा नेपाल एअरलाइन्सको वाइडबडी जहाजले परीक्षण उडान गरिसकेको छ । जेठ २ गते सोमबारदेखि नै कुवेतको जजिरा एअरलाइन्सले नियमित व्यावसायिक उडान गर्दैछ । 


 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • ahsa nullah

    May 15, 2022, 10:27 a.m.

    good

  •  0 Reply
  • ahsa nullah

    May 15, 2022, 10:24 a.m.

    good job Ahsan, butwal

  •  0 Reply
  • Rajkumar Tamang

    May 15, 2022, 7:33 a.m.

    Rate tiket

  •  0 Reply

तपाईको प्रतिक्रिया