भारतीय प्रधानमन्त्री मोदीद्वारा मायादेवी मन्दिरमा पूजाअर्चना

 जेठ २, २०७९ सोमबार १४:१५:३४ | रासस
unn.prixa.net

रुपन्देही – लुम्बिनी भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीकाे मायादेवी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । 

प्रधानमन्त्री मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी डा. आरजु राणा देउवाले पनि पूजाअर्चना गर्नुभयो । 

दुवै देशका प्रधानमन्त्रीले पूजाअर्चना गरिरहँदा बौद्ध भिक्षुहरूले बुद्ध वन्दना गरेका थिए । भारतका विशिष्ट अतिथिले मायादेवी मन्दिर परिसरमा रहेको पवित्र सरोवरको परिक्रमा गर्नुका साथै यहाँ रहेका अशोक स्तम्भमा द्वीप प्रज्ज्वलन गर्नुभयो । 

दुवै देशका प्रधानमन्त्रीले अशोक स्तम्भ नजिकै रहेको वोधी वृक्षमा जलसिञ्चन पनि गर्नुभएको थियो । त्यसअघि भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय शाक्य पुत्तले स्वागत गर्नुभएको थियो । 

आजै भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवाले यहाँ रहेकाे अन्तर्राष्ट्रिय बाैद्ध गुम्बा परिसरमा भारतका निम्ति सरकारले उपलब्ध गराएको भूमिमा निर्माण हुने भारत अन्तर्राष्ट्रिय बाैद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्नाको साथै त्यहाँ राखिएको शिलालेखको अनावरण गर्नुभयो । 

त्यसअघि उहाँहरूले परित्राण पाठ र स्वस्तिवाचन श्रवण गर्नुभएको थियो । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया