युगान्डासँगकाे पहिलो महिला टी–२० क्रिकेटमा नेपाल १२ रनले पराजित

 जेठ २, २०७९ सोमबार १७:४५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युगान्डासँगकाे पहिलो महिला टी–२० क्रिकेटमा नेपाल १२ रनले पराजित भएको छ । 

त्रिवि क्रिकेट मैदानमा युगान्डाले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा नौ विकेट गुमाएर ९० रन मात्रै बनायो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक १६ रन बनाइन् । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले पाँच विकेट गुमाएर एक सय दुई रन बनायो । बलिङतर्फ नेपालकी कविता कुँवरले दुई विकेट लिइन् । 

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको १५ वर्षपछि महिला टोलीले पहिलो पटक घरेलु मैदानमा शृङ्खला खेल्न लागेको हो । दोस्रो खेल भोलि मङ्गलवार र तेस्रो टी–२० जेठ ५ गते बिहीवार हुनेछ । दुई टोलीबीचको चौथो खेल जेठ ६ गते र अन्तिम खेल जेठ ७ गते हुनेछ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया