नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्...
मंसिर २५, २०८० सोमबार
चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर रहेको छ । ताजा मतपरिणाम अनुसार रेनु अगाडि हुनुहुन्छ । उहाँले ५ हजार ३ सय ८२ मत प्राप्त गर्नु भएको छ भने एमालेका विजय सुवेदी ५ हजार ३ सय ६७ मत प्राप्त गर्नु भएको छ ।
यस्तै, पोखरा महानगरपालिकामा एकिकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै छ । उहाँले अहिलेसम्म ५ हजार ७ सय ४८ मत प्राप्त गर्नु भएको छ । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ५ हजार ७८ मत ल्याउनु भएको छ ।
यसैगरी, विराटनगर महानगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालालाई अग्रता छ । कोइरालाले ६ हजार ६ सय मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले ४ हजार ८ सय ९१ मत ल्याउनुभएको छ ।
विरगञ्ज महानगरपालिकामा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले ५ हजार ८ सय २७ मत पाउँदा र एमालेका उम्मेदवार विजयकुमार सरावगीले २ हजार ५ सय ७३ मत पाउनु भएको छ ।