अहिलेसम्म कांग्रेस एक सयभन्दा धेरै पालिकामा विजयी : एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा

 जेठ ३, २०७९ मंगलबार ६:५७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पालिका चुनाव–२०७९ मा अहिलेसम्म सार्वजनिक मत परिणाम अनुसार कांग्रेस सबैभन्दा अगाडि रहेको छ ।

कांग्रेसले अहिलेसम्म १८ वटा नगरपालिका र ८४ वटा गाउँपालिका गरी १०२ वटा पालिका जितेको छ । यस्तै ८७ वटा नगरपालिका र ८६ वटा गाउँपालिका गरी प्रमुख पदमा १७३ पालिकामा कांग्रेस अगाडि रहेको निर्वाचन आयोगको पछिल्लो विवरण छ । यस्तै कांग्रेसले १३ वटा नगरपालिकाको उपमेयर र ८४ वटा गाउँपालिकाको उपाध्यक्ष जितिसकेको छ ।

६६ वटा नगरपालिकाको उपमेयर र ८४ वटा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् । कांग्रेसले अहिलेसम्म १४ सय वडाध्यक्ष, १३८७ महिला सदस्य, १३२५ दलित महिला सदस्य र २७३६ सदस्य पदमा जितेको छ ।

यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले ४ वटा नगरपालिकाको मेयर र ५३ वटा गाउँपालिकाको अध्यक्ष गरी ५७ वटा पालिका प्रमुखमा जित निकालेको छ । ५९ नगरपालिका र ५९ गाउँपालिकाको प्रमुख गरी ११८ पालिकामा एमाले अगाडि रहेको छ ।

एमालेले ८ वटा नगरपालिकाको उपमेयर र ५२ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । ७१ वटा नगरपालिकाको उपमेयर र ६१ वटा गाउँपालिकाको उपाध्यक्षमा एमालेको अग्रता रहेको छ । यस्तै एमालेले १०५७ वटा वडाको अध्यक्ष जितेको छ । एमालेले ११४६ महिला सदस्य, ११३१ दलित महिला सदस्य र २३२१ सदस्यहरु जितेको निर्वाचन आयोगले जनाएको छ । 

यस्तै तेस्रोमा रहेको माओवादी केन्द्रले ३ वटा नगरपालिकाको मेयर र ४१ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । माओवादी केन्द्र २२ वटा नगरपालिका र ४१ गाउँपालिकाको प्रमुखमा अघि रहेको छ । माओवादी केन्द्रले तीन नगरपालिकाको उपमेयर र ४१ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

उपप्रमुखमा ३२ नगरपालिका र उपाध्यक्षमा ३६ गाउँपालिकामा माओवादी केन्द्र अगाडि छ । माओवादी केन्द्रले ५९३ वडाध्यक्ष, ५५२ महिला सदस्य, ५७७ दलित महिला सदस्य र १०३९ सदस्य जितेको छ ।

यस्तै नेकपा एकीकृत समाजवादीले चार वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर जितेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया