बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रूपमा राख्ने स्वास्थ्य...
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तामा रहेको दलले प्रमुख प्रतिपक्षको विरुद्धमा गठबन्धन गरेर एक्ल्याउने ढङ्गले काम गर्नु आश्चर्य भएको बताउनुभएकाे छ । आज मङ्गलवार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
उपाध्यक्ष नेम्वाङले सबै दल मिलेर प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा संसारमा कतै नभइ नेपालमा मात्रै भएको जिकिर गर्नुभयो । उहाँले सबै दल मिलेर एमालेलाई घेराबन्दीमा पार्दासमेत अहिले आइरहेको मत परिणामले आफू उत्साहित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीलाई सबै मिलेर एक्ल्याउने प्रयास भए पनि हामीले दृढतापूर्वक सामना गरेर आएको परिणामबाट म उत्साहित छु । जे भएको छ त्यो गलत भएको छ । गठबन्धन हुन्छ तर त्यो गठबन्धन संसदीय मूल्य र मान्यताको हुनुपर्छ । मूल्य, मान्यता विपरीत भएका गठबन्धनहरू देश र जनताको हितमा हुँदैनन् ।’
यसैबीच उपाध्यक्ष नेम्वाङले संसदमा निर्विरोध उपस्थिति हुने कि नहुने भन्नेबारेमा पार्टीले नयाँ निर्णय नलिसकेको तर छलफलमा रहेको बताउनुभयो ।
त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पालिका चुनावकाे नतिजा पार्टीले अपेक्षा गरेअनुसारको नभएको बताउनुभयो । उहाँले पालिका चुनावमा सत्ता गठबन्धनले राज्य संयन्त्रको चरम दुरुपयोग गरेको आरोप लगाउनुभयो ।
प्रमुख सचेतक भट्टराईले पालिका चुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई दुई किसिमकाे घेराबन्दी गर्दा पनि नतिजा राम्रो आइरहेको बताउनुभयो । उहाँले चुनावकाे नतिजाबारेमा पार्टीले समीक्षा गर्ने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।