कमलबजार–साँइखोला ३३ केभी प्रसारण लाइनको काम शुरू
माघ १७, २०८१ बिहिबार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्तिवार्ता गर्न तयार रहेको तर वार्तामा राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको उपस्थिति अस्वीकार्य रहेको बताउनुभएको छ ।
जेलेन्स्की अवैध नेता भएकाले उनीसँग वार्ता गर्न नसकिने पुटिनले बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । जेलेन्स्कीको कार्यकाल गएको वर्ष नै सकिए पनि सैन्य कानून लगाएर अवैध रूपले सत्ता चलाइरहेकाले उनी अवैध नेता भएको पुटिनको तर्क छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरी २० तारिखमा पदभार ग्रहण गरेपछि दुवै पक्षलाई लडाइँ अन्त्य गर्न दबाब दिइरहनुभएको छ । ट्रम्पले यदि वार्ता नगरेमा रुसमाथि कडा प्रतिबन्ध लगाउने धम्की दिनुभएको छ ।
तर पुटिनले भने जेलेन्स्कीसँग वार्तामा नबस्ने बताउनुभएको हो । यदि साँच्चिकै वार्ता गर्ने हो भने युक्रेनले जेलेन्स्कीबाहेकको वार्ता टोली बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयाे । यदि पश्चिमा देशले युक्रेनलाई दिएको सहयोग घट्यो भने लडाइँ दुई महिना वा त्योभन्दा कम समयमा समाप्त हुने पनि पुटिनको भनाइ छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने पुटिनको यो भनाइबाट रुसले युद्ध अन्त्य गर्न नचाहेको पुष्टि भएको बताउँदै रुसमाथि थप प्रतिबन्ध र अन्तर्राष्ट्रिय दबाबको खाँचो रहेको बताउनुभएको छ । लडाइँ रोक्ने प्रयासलाई पुटिनले पटक पटक निराश बनाइरहेको भन्दै जेलेन्स्कीले पुटिन वार्ताबाट डराएको र युद्ध लम्बाउन सबैखाले हर्कत गर्न तयार रहेको आरोप लगाउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।