पाथीभरामा केबलकार निर्माण विवाद वार्तामार्फत समाधान गर्नुपर्छ : सांसद भट्टराई

पाथीभराको टुप्पोमा कुनै होटल वा रेस्टुरेन्ट नबन्ने दाबी

 माघ १६, २०८१ बुधबार १७:५९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणका विषयमा भएको विवादलाई वार्ता र संवादमार्फत समाधान गर्न आह्वान गर्नुभएको छ ।

काठमाण्डौमा आज पत्रकार सम्मेलन गरेर सांसद भट्टराईले केबलकार निर्माण गर्ने विषयमा ताप्लेजुङमा क्रियाशील राजनीतिक दल र तीन वटै पालिकाका जनप्रतिनिधिहरूको समान धारणा रहेको दाबी गर्नुभयो । उहाँले केबलकार निर्माणका विषयमा निर्माणस्थलमा माघ १२ गते भएको अप्रिय घटनाप्रति दुःख व्यक्त पनि गर्नुभएको छ ।

ताप्लेजुङको क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने सांसद भट्टराईले आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गदै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न आग्रह गर्नुभएको छ ।

भट्टराईले पाथीभराको मुख्य मन्दिरभन्दा झन्डै ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने, पाथीभराको टुप्पोमा कुनै होटल वा रेस्टुरेन्ट नबन्ने र २ हजार १ सय १२ वटामात्रै रुख कटान हुने दाबी गर्नुभयो ।

यसैबीच ‘नो केबलकार समूह’ ले सरकारसँगको वार्ताका लागि केबलकार निर्माणको काम रोकिनुपर्ने, सशस्त्र प्रहरीको टोली काफ्लेपाटी क्षेत्रबाट फर्काइनुपर्ने र पक्राउ परेका कार्यकर्ता विना शर्त रिहा हुनुपर्ने माग राखेको छ ।

कोशी प्रदेश सरकारले गठन गरेको राजनीतिक तथा शान्ति वार्ता समितिले हिजो औपचारिक वार्ताका लागि आह्वान गरेको थियो । आन्दोलनकारीले आज दोस्रो दिन पनि मेची राजमार्ग र तमोर कोरिडोर बन्द कायमै राखेका छन् ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया