ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म तीन सय ५१ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ७० वटा नगरपालिका र दुई सय ८१ वटा गाउँपालिका गरी तीन सय ५१ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।
सार्वजनिक मत परिणामअनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ३८ वटा नगरपालिका र एक सय २२ वटा गाउँपालिका गरी एक सय ६० वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । यस्तै कांग्रेसले ३१ वटा नगरपालिकाको उपमेयर, एक सय २२ वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार सात सय ५७ वटा वडाध्यक्ष पद जितेको छ ।
दोस्रो स्थानमा रहेको नेकपा एमालेले २० वटा नगरपालिका र ७९ वटा गाउँपालिका गरी ९९ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले २३ वटा नगरपालिकाको उपमेयर, ७४ वटा पालिकाको उपाध्यक्ष र एक हजार तीन सय ५० वटा वडाध्यक्ष पदमा जित निकालेको छ ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म आठ वटा नगरपालिका र ६७ वटा गाउँपालिका गरी ७५ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । यस्तै माओवादीले ११ वटा नगरपालिकाको उपमेयर, ६९ वटा गाउँपालिकाको उपाध्यक्ष र सात सय ५० वटा वडाध्यक्ष पदमा जित निकालेको छ ।
नेकपा एकीकृत समाजवादीले एउटा नगरपालिकाकाे मेयर, चार वटा गाउँपालिकामा अध्यक्ष, तीन वटा नगरपालिकाको उपमेयर र नाै वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।
जनता समाजवादी पार्टीले पनि चार वटा गाउँपालिको अध्यक्ष पदमा जित निकालेको छ । नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकाको मेयर र जनमोर्चाले एउटा नगरपालिकाको मयर जितेका छन् । एउटा नगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।