बर्दियाको गुलरिया नगरपालिकाकाे मेयर र उपमेयरमा कांग्रेस विजयी

 जेठ ४, २०७९ बुधबार ७:४८:१५ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाको गुलरिया नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मुक्तिनाथ ७ हजार ९ सय ८९ मत ल्याएर विजयी हुनुभयो । प्रतिस्पर्धी नेकपा एमालेका अमर बहादुर खड्काले ७ हजार ८ सय ११ मत ल्याउनुभयो ।

उपमेयरमा नेपाली कांग्रेसका सावित्रा गौतमले ८ हजार २ सय ७ मत ल्याएर विजयी हुनुभयो भने प्रतिस्पर्धी नेकपा एमालेका टीका सम्सेलीले ७ हजार ४ सय ६२ मत ल्याउनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया