सहकारी ठगी : लेखा समिति सभापतिकी पत्नी अञ्जला कोइरालासहित २...
पुस २, २०८१ मंगलबार
काठमाण्डाै – सरकारले पाठ्यपुस्तक छपाइमा गरेको ढिलासुस्ती र हेलचेक्रयाइँले देशभरका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ ।
जेठ ५ गतेदेखि नै शैक्षिक सत्र सुरु हुने भए पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थी कसरी पढ्ने भन्ने चिन्तामा छन् । विशेषगरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ । तर अहिलेसम्म पनि छपाइ कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्याेल छाएको छ ।
सरकारकाे ध्यान पालिका चुनावकाे तयारीमा मात्र केन्द्रित रहँदा र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्दा जेठ पहिलो हप्तासम्म पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको शिक्षकहरू बताउँछन् । अबका तीन महिनासम्म पनि विद्यार्थीले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको उनीहरूकाे बुझाइ छ ।
विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले सरकारले शैक्षिक क्षेत्रमा हेलचेक्रयाइँ गरेर लाखौँ विद्यार्थीकाे भविष्यमा अन्योल सिर्जना गरेको बताउनुभयो । प्रधानाध्यापक कडेलले कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तक नछापिएकोले विद्यार्थीले पढ्न पाउने अधिकारबाट वञ्चित हुनुपर्ने स्थिति आएको बताउनुभयो । पाठ्यपुस्तक नभएपछि पाठ्यक्रमको आधारमा पठनपाठन गर्ने र अग्रज विद्यार्थीका पुस्तक मागेर नयाँ विद्यार्थीलाई दिने योजना बनाएकाे उहाँकाे भनाइ छ ।
प्रधानाध्यापक कडेलले सरकारले यो वर्ष चुनाव हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि पाठ्यपुस्तक छपाइमा हेलचेक्रयाइँ गरेको बताउनुभयो । चुनावलाई केन्द्रमा राखेर काम गरेको सरकार विद्यार्थीको भविष्य र शिक्षाप्रतिको दायित्वबाट भने पन्छिएको उहाँकाे आराेप छ । आरोप लगाउनु भयो । यस वर्ष जतिसक्दो चाँडो पाठ्यपुस्तक छपाउने र आगामी वर्षमा समयमै विद्यार्थीहरुको हातमा पुस्तक पर्ने गरी काम गर्न पनि आग्रह गर्नुभयो ।
प्रधानाध्यापक कडेलले सरकारले जनक शिक्षा सामग्रीलाई दबाब दिएर भए पनि पाठ्यपुस्तक चाँडो छपाउने र विद्यार्थीको हातसम्म पुर्याउने वातावरण बनाउनुपर्ने बताउनुभयाे । कोरोना भाइरसकाे सङ्क्रमणका कारण गएकाे दुई वर्ष पनि शैक्षिक क्षेत्रमा क्षति पुगेको र अहिले अवस्था सामान्य बन्दै जाँदा सरकारले समयमै पाठ्यपुस्तक दिन नसक्नु शैक्षिक क्षेत्रका लागि दुःखको कुरा भएको उहाँकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।