साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाडौं – प्यूठानको झिमरुक गाउँपालिका वडा नम्बर २ र ३ मा खानेपानी योजना छिटो पुर्याउन स्थानीयबासिन्दाले खानेपानी मन्त्री बिना मगरसँग माग गरेका छन् ।
झिमरुक गाउँपालिका वडा नम्बर २ का स्थानीयबासी चन्द्रकुमार महतारा, विश्वबन्धु थापा लगायतको टोलीले खानेपानी मन्त्री बिना मगरलाई भेटेर ऐरीखोला खानेपानी आयोजनाको लागि पर्याप्त बजेट छुट्याइदिन माग गर्नुभएको छ ।
झिमरुक गाउँपालिकाको वडा नम्बर २ को चिप्लेटीदेखि मैदानभन्दा माथिको क्षेत्रमा खानेपानीको अभाव रहेको छ । वडा नम्बर २ मा नजिकैको ऐरीखोलाबाट लिफ्टिङ गरेर खानेपानी ल्याउने योजना बनेको छ । खोलाको पानी १ दशमलब २५० किलोमिटरमाथि ल्याउन ४ करोड रुपैयाँ भन्दा धेरै लगानी लाग्नेमा गएको वर्ष जम्मा २ लाख र यो वर्ष जम्मा १३ लाख रुपैयाँ विनियोजन भएको छ ।
भेटमा मन्त्री मगरले १२ करोड रुपैयाँ भन्दा साना आयोजना प्रदेश सरकारले हेर्ने व्यवस्था भएको र आफूले पनि पहल गर्ने आश्वासन दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।