कञ्चनपुरका उखु किसानले ३२ करोड रुपैयाँ अनुदान पाउन बाँकी
मंसिर १४, २०८० बिहिबार
रुपन्देही - रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस तथा उपमेयरमा एमाले विजयी भएको छ ।
यसअघिको चुनावमा एमाले विजयी भएको नगरमा यस पटक भने कांग्रेस उम्मेदवार ईस्तियाक अहमद खान मेयर पदमा निर्वाचित हुनु भएको हो ।
उहाँले ९ हजार १ सय ३४ मत प्राप्त गर्दा उहाँका प्रतिद्धन्दी राप्रपाका सागरप्रताप राणाले ८ हजार १ सय ३७ मत प्राप्त गर्नुभयो ।
उपमेयरमा भने एमालेकी उमा अधिकारी ८ हजार ८ सय १३ मत प्राप्त गरी विजयी हुनु भएको छ । निकटतम प्रतिद्धन्दी राप्रपाकी बिनिता गुप्ताले ६ हजार ५४४ मत ल्याउनु भयो ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।