रुपन्देहीको ओमसतिया गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसको जित

 जेठ ५, २०७९ बिहिबार ८:५४:२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही- रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्षमा एमाले विजयी भएको छ ।

अध्यक्षमा एमालेका मन्जित कुमार यादबले ४ हजार ८३२ मत ल्याएर विजयी हुनु भएको हो । प्रतिद्धन्दी राप्रपाका तिलकसिंह कोइरालाले ३ हजार १३९ मत ल्याउनु भयो ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी सुनिता चौधरी ४ हजार १३९ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँकाे प्रतिस्पर्धी राप्रपाकी चित्ररेखा थारुले ३ हजार ४५५ मत ल्याउनु भयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया