यौन शोषणमा परेकी युवतीका लागि न्याय माग्दै बालुवाटारमा धर्ना

 जेठ ६, २०७९ शुक्रबार १२:२३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी एक युवतीका लागि न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि विरोध प्रदर्शन भएको छ ।

‘अकुपाइ बालुवाटार’को नाममा अभियान चलाएर युवाले स्वतः स्फूर्त रुपमा बालुवाटार अगाडि धर्ना दिएका हुन् ।

उनीहरुले दोषीलाई कारबाही गर्न माग गरेका छन्। आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भन्दै सामाजिक सञ्जालमा घटना सार्वजनिक गरेकी थिइन् ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको उनको भनाइ छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया