सफा हिमाल अभियान अन्तर्गत ३० हजार तीन सय ४५ किलो फोहोर सङ्कलन

कञ्चनजंघा हिमालबाट मात्रै १५ हजार तीन सय ७३ किलो फोहोरो सङ्कलन ।।

 जेठ ६, २०७९ शुक्रबार १३:५४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली सेनाको अगुवाइमा भइरहेको सफा हिमाल अभियान-२०२२ अन्तर्गत अहिलेसम्म ३० हजार तीन सय ४५ किलो फोहोर सङ्कलन भएको छ । गएको चैत २२ गते देखि शुरु भएको अभियान अन्तर्गत चारवटा हिमालबाट गरी ३० हजार तीन सय ४५ किलो फोहोर सङ्कलन भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सङ्कलन भएको फोहोरमध्ये पाँच हजार दुई सय ६६ किलो कुहिने र २५ हजार ७८ किलो नकुहिने फोहोर रहेको सेनाले जनाएको छ । सेनाले सबैभन्दा धेरै कञ्चनजंघा हिमालबाट १५ हजार तीन सय ७३ किलो फोहोरो सङ्कलन गरेको छ । यस्तै सगरमाथा र ल्होत्से हिमालबाट गरी नौ हजार नौ सय ३२ किलो फोहोर सङ्कलन भएको छ ।

सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागि आधारशिविर हुँदै चौथो शिविरसम्म एउटै बाटो प्रयोग हुन्छ । सेनाले सङ्कलन गरेकोमध्ये कुहिने फोहोर हिमालभन्दा केही तल ल्याएर व्यवस्थापन गर्नुको साथै नकुहिने फोहाेरमध्ये पुन: प्रयोग हुने फोहोर व्यवस्थापनका लागि काठमाण्डौ ल्याउने गरेको छ । 

तस्बिर : नेपाली सेना

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया