आफूले पाउने सेवा–सुविधाबाट एक जनालाई एमबीबीएस पढाउँछु : गाउँपालिका अध्यक्ष राई

 जेठ ६, २०७९ शुक्रबार १४:३७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

साेलुखुम्बु – सोलुखम्बुको थुलुङ दुधकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असिम राईले आफूले सरकारबाट पाउने सेवा–सुविधाबाट पालिकाभित्रको एक जना जेहेनदार विद्यार्थीलाई एमबीबीएस पढाउने घोषणा गर्नुभएको छ । 

गाउँपालिकाको अध्यक्षका रूपमा आज शुक्रवार दाेस्राे कार्यकालको पदभार ग्रहण गर्दै अध्यक्ष राईले आफूलाई प्राप्त हुने सबै सेवा–सुविधा पालिकाभित्रका गरिब तथा जेहेनदार एक जना विद्यार्थीलाई एमबीबीएस पढाउन खर्च गर्ने घोषणा गर्नुभएको हो ।

यस्तै उहाँले कार्यभार सम्हालेपछि गाउँपालिकामा वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्ने र त्यसका लागि चार्जिङ स्टेशन बनाउने निर्णय पनि गर्नुभएको छ । पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाे र वातावरणलाई समेत प्रदूषित बनाएको भन्दै अध्यक्ष राईले अबको कार्यकालको पहिलो काम नै विद्युतीय गाडी सञ्चालनलाई जोड दिइने बताउनुभयो । गाउँपालिकको सबै वडा तथा टोलमा सडक विस्तार भइसकेकाले विद्युतीय बस सञ्चालनका लागि आफूहरू तयार रहेको उहाँले बताउनुभयो । 

अध्यक्ष राई २०७४ सालको पहिलो पालिका चुनावमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षको रूपमा निर्वाचित हुनुभएको थियो । यो पटक पनि उहाँ माओवादीबाटै निर्वाचित हुनुभएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया