ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – खेलाडी र प्रशिक्षकको विवादकै बीच आउँदो एसियन कपको अन्तिम छनोटका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ । घोषणा गरिएको २३ जनाको टिममा कप्तान किरण चेम्जोङसँगै क्याम्प छोडेका १० खेलाडीलाई समावेश गरिएको छैन ।
चार हप्ता अगाडि प्रशिक्षक अब्दुल्लाहको विरोध गर्दै मुख्य खेलाडी, रोहित चन्द, अञ्जन विष्ट, विशाल राई, बिमल घर्तिमगर, सुजल श्रेष्ठ, बिशाल श्रेष्ठ लगायतले क्याम्प छोडेका थिए । त्यसपछि यो विवाद उत्कर्षमा पुग्दा खेलाडीले विभिन्न निकायमा छानबिनका लागि विज्ञेप्ति नै बुझाएका थिए । झण्डै एक हप्ता अगाडि पूर्व खेलाडी भिक्टोर राणाको संयोजकत्वमा एन्फाले तीन सदस्यीय छानबिन समिति बनाएको थियो ।
समितिले यस घटनासँग सम्बन्धित सबैको बयान लिएर एन्फालाई आफ्नो सुझाव बुझाइसकेको छ । छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।