नेपालले टी–२० शृङ्खला 'क्लिन स्वीप' हुनबाट जाेगायाे

 जेठ ६, २०७९ शुक्रबार १७:५९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युगान्डासँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा आज शुक्रवार भएको चौथो खेलमा युगान्डालाई १५ रनले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।

नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित १८ ओभरमा आठ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । युगान्डाका लागि जनेट बाबाजीले सर्वाधिक २१ रन बनाइन् ।नेपालकी हिरन्मायी रोयले दुई विकेट लिइन् ।

यससअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७ ओभर पाँच बलमा अलआउट हुँदै ९७ रन बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक १७ रन बनाइन् ।

मैदान ओसिलो भएको कारण आजकाे खेल १८ ओभरमा झारिएकाे थियो । यस जितसँगै नेपालले शृङ्खला 'क्लिन स्विप' हुनबाट जोगाएको छ । नेपालले युगान्डासँग भोलि अन्तिम टी–ट्वान्टी खेल खेल्दैछ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया