कतारका राजा स्वदेश फिर्ता
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पश्चिमा देशहरूकाे मोडेलबाट नेपालकाे आर्थिक क्षेत्रको विकास हुन नसक्ने बताउनुभएको छ । नेता खनालले आफ्नै देशकाे आर्थिक स्थितिमा आधारित रहेर देशकाे आर्थिक विकास गर्ने गरी आउँदाे आर्थिक वर्षको बजेट ल्याउन आवश्यक रहेको पनि बताउनुभयो ।
सरकारको आउँदाे आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे आज शुक्रवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देशको आर्थिक विकासका लागि कृषि क्षेत्र र औद्योगिक क्षेत्रमा लगानी बढाउने गरी बजेट ल्याउन पनि सुझाव दिनुभयो ।
खनालले भन्नुभयो, ‘पश्चिमाहरूले आफ्नो मोडेल सिकाउने गरेका छन् । ती मोडेलहरू हाम्रो देशका लागि काम लाग्ने छैनन् । काम लाग्ने कुराहरू मात्रै हामीले सिक्नुपर्दछ । हाम्रो दशको आर्थिक स्थितिमा आधारित मोडेल विकास गरेर मात्रै देशकाे आर्थिक अवस्थालाई सुदृढ बनाउन सकिन्छ । त्यसका लागि कृषि क्षेत्रको विकासमा लगानी बढाउनुपर्याे औद्योगिक क्षेत्रको विकासमा लगानी बढाउनुपर्याे ।’
सम्मानित नेता खनालले देशकाे आर्थिक विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर विकासमा पनि जोड दिनुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।