प्रतिनिधि सभाबाट ८ वटा अध्यादेश स्वीकृत

 जेठ ६, २०७९ शुक्रबार १९:१५:२६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रतिनिधि सभाको आज शुक्रवारको बैठकले विभिन्न आठ वटा अध्यादेश स्वीकृति गरेको छ । 

गृहमन्त्री बालकृष्ण खाणले बैठकमा 'नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८', 'सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८' र 'तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८' लाई स्वीकृत गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका तर्फबाट राज्यमन्त्री भवानीप्रसाद खापुङले 'औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९' र 'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९' एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले 'रेल्वे अध्यादेश २०७८' लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले 'फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८' र 'यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८' लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

यसैबीच प्रतिनिधि सभाको अर्को बैठक यही जेठ १० गते मङ्गलवार बेलुककी ६ बजे बस्नेछ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया