ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावका लागि वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले अध्यक्ष पदमा शुक्रबार उम्मेदवारीको घोषणा गनुए भएको छ ।
नेम्वाङले विभिन्न जिल्लाका सदस्य र केही एन्फा पदाधिकारीको उपस्थितिमा शुक्रबार आयोजित पत्रकार सम्मेलनबाट अध्यक्षमा उम्मेदवारीको घोषणा गर्नु भएको हो । उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै नेम्बाङले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबलको मर्म अनुसार नेपाली फुटबललाई अगाडि बढाउन नसकेको भन्दै फुटबल चलाउने योजना आफूसँग रहेको भन्दै उम्मेदवारीको घोषणा गरेको बताउनु भयो ।
एन्फाको अहिलेको नेतृत्वले पारदर्शिता र भ्रष्ट्राचारमा शून्य सहनशीलता विपरीत कार्य भइरहेको आरोप लगाउँदै वर्तमान अध्यक्ष असक्षम भएको उहाँले बताउनु भयो । यस्तै शुक्रबारकै पत्रकार सम्मेलनमा विरबहादुर खड्काले नेम्बाङलाई सहयोग गर्न वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको घोषणा गर्नु भयो । पत्रकार सम्मेलनमा खड्काले आफूलाई खेलाडीहरुले नै चुनावमा उठ्न प्रोत्साहन गरेको भन्दै उम्मेदवारी दिएको बताउनु भयो ।
असार ६ गते हुने चुनावका लागि जिल्ला, संघ, क्लबबाट मताधिकार पाएर आएका पदाधिकारीले चुनावमा सहभागिता जनाउँदै छन् । एन्फामा ४८ मध्ये ४५ जिल्लासँग मताधिकार रहेको छ भने यस्तै बी डिभिजनबाट ११ क्लब, ४ संघ, राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लब, ए डिभिजनका १४ र सी डिभिजनका नौं क्लबसँग मताधिकार रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।