नेपाली महिला टोलीले युगान्डासँग आज पाँचौँ तथा अन्तिम टी–२० खेल्दै

 जेठ ७, २०७९ शनिबार १२:५२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डासँग आज पाँचौँ तथा अन्तिम टी–२० खेल्दैछ ।

खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजे सुरु हुनेछ । युगान्डाले यसअघि नै श्रृङ्खला जितेको छ । पाँच खेलको टी–२० श्रृङ्खलामा युगान्डा ३–१ ले अघि छ।

युगान्डाले सुरुआती तीन खेलमा नेपाललाई लगातार हराएको थियो । नेपालले हिजो भएको चौथो खेलमा युगान्डालाई १५ रनले हराएको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया