नेपाली बलिङ प्रशिक्षकलाई अमेरिकाले भिसा दिएन, सन्दीपद्वारा मद्दतको अपील

 जेठ ७, २०७९ शनिबार १५:४५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलिङ प्रशिक्षक धम्मिका प्रसादलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको  छ ।

विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको श्रृङ्खला खेल्न नेपाली टोली अमेरिका जाँदैछ । तर कोलम्बोमा रहेको अमेरिकी दूतावासले श्रीलंकाका पूर्व खेलाडी र अहिलेका नेपाली बलिङ प्रशिक्षक धम्मिका प्रसादलाई भिसा दिन अस्वीकार गरेको हो । धम्मिकाले ६ तारिखदेखि नेपालको खेल रहेको अवस्थामा अहिलेसम्म भिसा प्राप्त गर्न नसकेको गुनासो गर्दै सहयोगको अपील गरेका छन् ।

धम्मिकाको ट्वीटमा रिट्वीट गर्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले उनी नेपाली टोलीको महत्वपूर्ण सदस्य भएकाले सहयोगको खाँचो रहेको बताएका छन् । भिसाको लागि धम्मिकालाई सहयोग गरेमा त्यो ठूलो सहयोग हुने सन्दीपले उल्लेख गरेका छन् ।

 

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया