ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – युगाण्डासँगको पाँचौ तथा अन्तिम टी–ट्वेण्टी क्रिकेट नेपाली राष्ट्रिय महिला टोलीले जितेको छ । नेपालले आज युगाण्डालाई ३३ रनले हरायो ।
नेपालले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको युगाण्डाले २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक २६ रन बनाइन् । बलिङतर्फ नेपालका सीता रानामगर र इन्दु बर्माले २/२ तथा अस्मिना कर्माचार्य र हिरान्मायी रोयले एक/एक विकेट लिए ।
यसअघि त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनायो । नेपालको लागि ज्योती पाण्डेले सर्वाधिक ४९ रन बनाइन् । युगाण्डाले यसअघि नै श्रृंखला जितेको छ । युगाण्डाले पहिलो, दोस्रो र तेस्रो खेल जितेको थियो । नेपालले हिजो भएको चौंथो खेलमा युगाण्डालाई १५ रनले हराएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।