ईपीएल : विजेता, च्याम्पियन्स लिग र रेलिगेशनमा पर्ने टोलीको टुङ्गो आजै

 जेठ ८, २०७९ आइतबार १५:३५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आज आइतवार अन्तिम चरणका खेल हुँदैछन् । यो सिजनको अन्तिम चरणका सबै १० वटै खेल आज हुन लागेका हुन् । 

अहिलेसम्म विजेता, च्याम्पियन्स लिग खेल्ने टाेली र रेलिगेशनमा जाने टिमको समेत अन्तिम टुङ्गो नलागेकोले आजका खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । ९० अङ्क रहेको म्यानचेस्टर सिटीले उपाधि जित्छ या ८९ अङ्क रहेको लिभरपुलले जित्छ भन्ने आजै टुङ्गो लाग्नेछ । 

यस्तै टोटनह्याम र आर्सनलमध्ये कुन टिमले आउँदो सिजनको यूईएफए च्याम्पियनशिप खेल्न पाउनेछन् भन्ने पनि आजै छिनोफानो हुनेछ । टोटनह्याम ६८ अङ्कसहित चौथो र आर्सनल ६६ अङ्कसहित पाँचौँ स्थानमा छ । लिड्स र बर्नलीमध्ये कुन टिम रेलिगेशनमा भन्ने पनि आजैको खेलपछि टुङ्गो लाग्नेछ । 

अन्तिम खेलमा विजेता टोली, च्याम्पियन्स लिग खेल्ने टोली र रेलिगेशनका टोलीको टुङ्गो लाग्ने यो संयोग १० वर्षपछि पहिलो पटक जुरेको बीबीसीले जनाएको छ । 

लिगमा आज राति पौने ९ बजे क्रिस्टल प्यालेस र म्यानचेस्टर युनाइटेड, आर्सनल र एभर्टन, चेल्सी र वाटफोर्ड, लेस्टर सिटी र साउथह्याम्टन, ब्रेन्टफोर्ड र लिड्स, बर्नली र न्युक्यासल खेल्दैछन् । यस्तै पौने ९ बजे नै म्यानचेस्टर सिटी र एस्टन भिल्ला, नर्विच सिटी र टोटनह्याम, ब्राइटन र वेस्ट ह्याम तथा लिभरपुल र वुल्भ्स् खेल्दैछन् । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया