सेन्ट लरेन्स कलेजका एक शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीको नाराबाजी

 जेठ १०, २०७९ मंगलबार १२:०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ चाबहिलको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।

आन्दोलित विद्यार्थीले प्रहरी वृत्त गौशालामा नाराबाजी गरिरहेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान गर्न कजेल, विद्यार्थी र अभिभावकसँग छलफलको प्रयास भइरहेको जनाएको छ ।

केही दिनअघि सामाजिक सञ्जालमा एक युवतीले आफूलाई सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको भन्दै घटना सार्वजनिक गरेपछि अहिले यौन दुव्यर्वहारका अन्य घटना पनि सार्वजनिक भइरहेका छन् भने दुर्व्यवहार विरुद्ध बहस पनि सुरु भएको छ ।

विद्यार्थीको आन्दोलनका कारण अहिले गौशाला चाबहिल क्षेत्रमा गाडीको आवागमन प्रभावित भएको छ । उनीहरुले दोषीलाई कारबाही गर्न माग गरेका छन् । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया