तयारी नपुगेकाे भन्दै नवाैँ राष्ट्रिय खेलकुद सर्‍याे, अब असाेज–कात्तिकमा हुने

 जेठ १०, २०७९ मंगलबार १६:३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ । यसअघि गण्डकी प्रदेशमा यही जेठको २२ गतेदेखि हुने तय भएको राष्ट्रिय खेलकुद अब आउँदो असोजको २८ देखि कात्तिक ३ गतेसम्म हुने भएको हो । 

आज मङ्गलवार पत्रकार सम्मेलन गरेर युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले तयारी नपुगेको भन्दै नवौँ राष्ट्रिय खेलकुद असोज र कात्तिकमा हुने जानकारी दिनुभयो । बजेट र अन्य तयारीको व्यवस्थापन फास्ट ट्र्याकमार्फत गर्न खोजे पनि केही कानुनी र व्यावहारिक अड्चनका कारण जेठको २२ गतेदेखि प्रतियोगिता गर्न नसकिएको मन्त्री गहतराजले बताउनुभयो । 

नवौँ राष्ट्रिय खेलकुदमा ६० करोड रुपैयाँभन्दा धेरै खर्च नगर्न अर्थ मन्त्रालयले निर्देशन दिइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कोभिड–१९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौँ राष्ट्रिय खेलुकदकाे मिति फेरि सारिएकाे हाे । 

नवौँ राष्ट्रिय खेलकुदका लागि यसअघि नै लोगो, मस्कट र नारासमेत सार्वजनिक भइसकेकाे छ भने ३६ प्रतिस्पर्धात्मक र दुई प्रदर्शनी गरी ३८ खेल हुने निर्णय यसअघि भइसकेको थियो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया