क्रिकेट खेलाडी र कर्मचारीको तलब बढ्यो, कसकाे कति ?

 जेठ ११, २०७९ बुधबार १४:१२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली क्रिकेट खेलाडी र मैदानका कर्मचारीको तलब बढेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठकले केन्द्रीय सम्झौतामा रहेका पुरुष तथा महिला खेलाडी र क्यान अन्तर्गतका मैदानमा काम गर्ने कर्मचारीको तलब बढाउने निर्णय गरेको हो । 

क्यानले पुरुष खेलाडीको सबै ग्रेडमा समान मासिक १० हजार रुपैयाँका दरले बढाएको छ । यसअघि 'ए' ग्रेडका खेलाडीले ५० हजार, 'बी' ग्रेडका खेलाडीले ४० हजार र 'सी' ग्रेडका पुरुष खेलाडीले ३० हजार रुपैयाँ पाउँदै आएका थिए । 

त्यस्तै महिलातर्फ 'सी' ग्रेडमा रहेका खेलाडीको पाँच हजार, 'ए' र 'बी' ग्रेडमा रहने खेलाडीको ६ हजार रुपैयाँको दरले बढेको छ । यसअघि 'सी' ग्रेडका महिला खेलाडीले १० हजार र 'बी' ग्रेडका खेलाडीले १२ हजार रुपैयाँ तलब पाउँदै आएका थिए । 

यस्तै मैदानका सम्पूर्ण कर्मचारीको तलब तीन हजार, कार्यालय सहयोगीको पाँच हजार र पिच क्युरेटरकाे तलब मासिक ६ हजार रुपैयाँका दरले बढेको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया