रवि लामिछानेलाई ६० लाख धराैटीमा रिहा गर्न काठमाण्डाै जिल्ला ...
माघ २, २०८१ बुधबार
अमेरिकाको टेक्सस राज्यमा रहेको एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा ज्यान गुमाउनेको सङ्ख्या २१ जना पुगेको छ । गोली प्रहारबाट कम्तीमा १९ जना बालबालिका र द जना वयस्क गरी २१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
गोली प्रहार भएको विद्यालयमा सातदेखि दश वर्ष उमेर समूहका बालबालिका अध्ययन गर्छन् । रब एलिमेन्ट्री स्कुलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानेको टेक्सस राज्यका गभर्नर ग्रेग याबटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विद्यालयमा झन्डै पाँच सय जना बालबालिका रहेका र ज्यान गुमाउनेकाे सङ्ख्या बढ्न सक्ने राज्य सरकारले जनाएको छ ।
विद्यालयमा जथाभाबी गोली चलाउनुको कारण खुलेको छैन । विद्यालयमा गोली चलेको थाहा पाएपछि नजिकै रहेका एक सीमा रक्षकले विद्यालयमा गएर आक्रमणकारीलाई मारिदिएका स्थानीय प्रहरीले जनाएको छ ।
राष्ट्रपति जो बाइडेनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिनुभएको छ । ह्वाइट हाउसबाट गरिएको सम्बोधनमा बाइडेनले बन्दुक नियन्त्रणका लागि आह्वान गर्दै धेरै मानिस प्रभावित हुने गरी हुने गोली प्रहारका घटनाका कारण आफू दिक्क भएको बताउनुभएको छ ।
अमेरिकामा यो वर्ष मात्रै समूहमा गोली प्रहार भएका २६ वटा घटना भएका छन् । दश दिनअघि मात्रै न्युयोर्क राज्यमा भएको आक्रमणका १० जनाको ज्यान गएको थियो ।
* यसअघि ज्यानगुमाउनेकाे सङ्ख्या अन्यथा भएकाेमा सच्याइएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।