साढे चार सय किलोभन्दा धेरै रक्तचन्दनसहित काठमाण्डौमा २ जना पक्राउ

 माघ २, २०८१ बुधबार १५:६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – प्रहरीले रक्तचन्दन तस्करी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । गएराति काठमाण्डौ र भक्तपुरको सीमा क्षेत्र काँडाघारीबाट चार सय ६२ किलो रक्तचन्दनसहित काठमाण्डाैका रमेश थापा र सिन्धुपाल्चोककाे बलेफीका ज्ञानबहादुर तिमिल्सिनालाई पक्राउ गरेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूले केही महिना अगाडि नै रक्तचन्दन ल्याएर तिमल्सिनाको कोठामा राखेको र अर्को व्यक्तिलाई बुझाउने तयारी गर्दै गर्दा सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । रक्तचन्दन कहाँबाट ल्याइएको हो र गन्तव्य कहाँ हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।

नेपालमा लामो समयदेखि रक्तचन्दनको तस्करी रोकिएकोमा फेरि शुरू भएको देखिएको हो । रक्तचन्दन विशेषगरी भारतबाट चीनतर्फ तस्करी हुने गरेकोले नेपाल 'ट्रान्जिट' बनेको देखिन्छ ।

यसअघि २०६० को दशकमा रक्तचन्दन भारतबाट नेपालको बाटो हुँदै सङ्गठित रूपमा चीन तस्करी हुने गरेको थियो । त्यस बेला राजनीतिक दलका केही नेताकै संरक्षण रहेको पाइएको थियो । पछि सरकारले नै विशेष अभियान चलाएपछि तस्करी रोकिएको थियो । त्यस बेला बरामद गरेको ठूलो परिमाणको रक्तचन्दान अझै पनि गोदाममै छ ।

रक्तचन्दनलाई विश्व वन्यजन्तु तथा वनस्पतिको नियमन गर्ने अभिसन्धि (साइटिस) ले सङ्कटापन्न वनस्पतिको सूचीमा राखेको छ जसअनुसार ओसारपसार प्रतिबन्धित हुन्छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया