एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
बेलायतमा गरेको एउटा अध्ययनले आन्द्राको क्यान्सर हुने जोखिम घटाउन दैनिक एक गिलास दूध सहयोगी हुने निष्कर्ष निकालेको छ । अनुसन्धानकर्ताहरूले १६ वर्षभन्दा माथिका पाँच लाख जनाभन्दा धेरै महिलाको खानाको विश्लेषण गरेर यस्तो निष्कर्ष निकालेका बीबीसीले जनाएको छ ।
क्याल्सियम भएका खाना नियमित खानेमा आन्द्राको क्यान्सर हुने जोखिम कम देखिएको हो । गाईको दूध र सागपातबाहेक नरिवल वा बदामलगायतबाट बनाइने दूध खाँदा पनि आन्द्रामा क्यान्सरको जोखिम गर्न मद्दत पुग्ने अध्ययनमा संलग्नहरूको निष्कर्ष छ । तर सबैभन्दा सजिलो र प्रभावकारी उपाय दैनिक एक गिलास दूध पिउनु रहेको अक्सफाेर्ड विश्वविद्यालय र क्यान्सर रिसर्च सेन्टर बेलायतले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनमा भनिएको छ ।
बेलायतमा आन्द्राको क्यान्सर चौथो ठूलो क्यान्सर समस्या हो । यस्तै अत्यधिक जाँड–रक्सी र प्रशोधित मासु खानाले आन्द्रामा क्यान्सर हुने जोखिम बढाउने देखिएको छ । प्रतिवेदनले स्वस्थ तथा सन्तुलित आहार, स्वस्थ तौल र चुरोट नखानु आन्द्राको क्यान्सरको जोखिम कम गर्ने सबैभन्दा उत्तम उपाय भएको पनि देखाएको छ ।
हरेक व्यक्तिको आन्द्रामा क्यान्सर हुने जोखिम उसको जीवनशैली, आहार, आनीबानी र आनुवंशिकतामा भर पर्ने भएकोले जोखिमको प्रतिशत ठ्याक्कै मापन गर्न भने सहज छैन । आन्द्राको क्यान्सर जोखिम घटाउनुसँगै हड्डीलाई बलियो बनाउन र दाँत स्वस्थ राख्न पनि दूध तथा दुग्धजन्य खाना महत्त्वपूर्ण छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।