एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – खो–खो विश्वकपको पुरुषतर्फ नेपालले ब्राजिललाई फराकिलो अन्तरले हराएको छ । समूह ‘ए’ अन्तर्गत आज भएको खेलमा नेपालले ब्राजिललाई १३४–८ ले हरायो ।
प्रतियाेगितामा नेपालको यो दोस्रो जीत हो । हिजो भएको खेलमा नेपालले पेरुलाई हराएको थियो भने पहिलो खेलमा भारतसित पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहीवार भुटानसँग खेल्नेछ ।
यस्तै खो–खो विश्वकपको महिलातर्फ नेपालले आजै श्रीलङ्कासँग खेल्दैछ । महिलातर्फ नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा जर्मनीलाई हराएको थियो । नेपाली महिला टोलीले समूह चरणको अन्तिम खेलमा भोलि बङ्गलादेशसँग खेल्नेछ ।
महिला र पुरुष दुवै टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल आउँदो आइतवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।