पूर्वसांसद राईमाथि हातपात

 जेठ १२, २०७९ बिहिबार १०:१८:५३ | दमन राई
unn.prixa.net

खोटाङ – पूर्व सांसद टंक राईमाथि हातपात भएको छ । माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष राईमाथि बुधबार राति आफ्नै गाउँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा हातपात भएको हो । स्थानीय पूर्ण राईले मादक पदार्थ सेवन गरेको अवस्थामा राति साढे ९ बजे कठालो समाएर आक्रमण गरेको पूर्वसांसद राईले बताउनुभयो । 

खाना खाएर सुत्ने तरखर गरिरहेका बेला नजिकै हो–होल्ला भएपछि गएर सम्झाउन खोज्दा राईमाथि हात हालिएको हो । हातपात हुन थालेपछि छुट्ट्याउने क्रममा लछारपछार हुँदा पूर्णको टाउकोमा चोट लागेको छ ।

माओवादी नेता तथा कार्यकर्ताले भने निर्वाचन परिणामलाई लिएर पूर्वसांसदमाथि आक्रमण भएको दाबी गरेका छन् । आरोपित राईमाथि पालिकातहको चुनावमा विजय जुलुस निकालिरहेको अवस्थामा बोत्तल हानेको आरोप छ । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया