सबै मिलेर काम गरौँ, काठमाण्डौ सहरलाई विश्वकै उत्कृष्ट बनाऔँ : नवनिर्वाचित मेयर साह

 जेठ १३, २०७९ शुक्रबार ९:२१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले काठमाण्डौ सहरलाई विश्वकै उत्कृष्ट बनाउन सबै मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

आफ्नो जितलाई विजयका रुपमा नभएर काम र नेतृत्वको सुरुवातका रुपमा लिएको भन्दै उहाँले अब सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय सभा गृहमा महानगरको अन्तिम मत परिणाम घोषणा कार्यक्रममा नवनिर्वाचित मेयर साहले अबका दिनमा भिजन र एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

काठमाण्डौलाई अबको ५ वर्षमा विश्वकै सुन्दर सहर बनाउने उहाँको घोषणा छ । साहले काठमाण्डौलाई एउटै परिवार ठानेर काम गर्ने पनि बताउनुभयो । काठमाण्डौ महानगरको मेयरमा निर्वाचित साहले ६१ हजार ७ सय ६७ मत प्राप्त गर्नुभयो ।

उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार १ सय १७ मत प्राप्त गर्नुभयो । त्यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोल ६८ हजार ६ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको छ । 
 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया