उद्योगमन्त्री बडुले ओलीको अभिव्यक्ति स्तरहीन भनेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

 जेठ १३, २०७९ शुक्रबार १२:६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति स्तरहीन भएको बताएपछि एमाले सांसदले बैठक अवरुद्ध पारेका हुन् ।

हिजोको बैठकमा ओलीले सरकारको नीति तथा कार्यक्रम गठबन्धनको अस्थिर घोषणा पत्र भएको भन्दै टिप्पणी गर्नु भएको थियो । यस्तै, उहाँले सरकार कमिसनको खेलमा लाग्दा मूल्यवृद्धि भएको पनि आरोप लगाउनु भएको थियो । उहाँको यो आरोपलाई मन्त्री बडुले स्तरहीन भनेपछि संसदमा हङ्गामा भएको हो ।

एमाले सांसदले ओलीमाथिकोे यो टिप्पणी रेकर्डबाट हटाउनुपर्ने माग राखेका छन् । एमालेको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया